Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो गाँजासहित एक थाई नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले ३९ वर्षीय योङग्युत थुइनलाई पक्राउ गरेको हो।
सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए । उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij