Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रविको मुद्दामाथि सुनुवाइ हुँदै

रविको मुद्दामाथि सुनुवाइ हुँदै

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सोमबारसर्वोच्च अदालतमा सुनुवाइको पेसी तय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तय भएको हो । यसअघि गत चैत ५ मा भएको सुनुवाइपछि न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले आफूबाहेकको इजलासमा सोमबारका लागि सुनुवाइको पेसी तोक्न आदेश दिएको थियो ।

    AGNI GROUP

    सोहीअनुसार, अहिले सुनुवाइको तयारी भइरहेको छ । सर्वोच्चको मागबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट पेस भएको अघिल्लो निर्णय संशोधनसम्बन्धी फाइल पेस भएको छ । महान्यायाधिवक्ता सविता भण्डारीले माघ २ मा लामिछानेसहित अरू सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

    भण्डारीले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद लिएको थियो । भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुस बडाल र युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन् ।

    गत पुस ३० गते भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij