Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतीय अखबारमा बाबुराम भट्टराईको अन्तर्वार्ता, के भने ?

भारतीय अखबारमा बाबुराम भट्टराईको अन्तर्वार्ता, के भने ?

  • काठमाडौं । भारत भ्रमणमा रहेको कुरालाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय अखबार ‘इकोनोमिक टाइम्स’सँग कुराकानी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पत्रकार दिपाञ्जन रोय चौधरीसँग गफिँदै भट्टराईले ताजा जनादेशलाई नेपालको राजनीतिक रूपान्तरणको कडी भएको बताएका छन् । त्यसअनुसार अब नेपाल–भारत सम्बन्ध पनि अगाडि बढ्नुपर्ने उनले उल्लेख गरेका छन् ।

    AGNI GROUP

    पत्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईतिहाइ जनमतको कल्पना गरिएको थियो कि भन्ने प्रश्नमा भट्टराईले आफूले रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने कल्पना भने गरेको बताए । नेपाल र भारतबीच आमछिमेकी देशहरूमा देखिनेजस्तै केही समस्या भए पनि समग्र सम्बन्ध राम्रो रहेको उनको भनाइ छ ।

    उनले भने, ‘एसियाली शताब्दीका लागि भारतले आफ्ना छिमेकी देशसँग सम्बन्ध बढाएर अगाडि जानुपर्छ ।’ नेपाल भारत सम्बन्ध दलको नभएर देशको सम्बन्ध भएकोले सम्बन्धमा स्थायित्व हुनुपर्ने भट्टराईले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij