Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

“दलाल पुँजीवाद समाधान होइन, समस्या हो: हिङमाङ”

“दलाल पुँजीवाद समाधान होइन, समस्या हो: हिङमाङ”

  • काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजकुमार हिङमाङले विश्व र नेपालको कम्युनिष्ट आन्दोलन संकटग्रस्त अवस्थामा पुगेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    खोटाङको दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा उनले दलाल पुँजीवादी व्यवस्थाले नेपाली समाजका मुख्य अन्तरविरोधहरू समाधान गर्न नसकेको बताए। वर्गीय, पितृसत्तात्मक, जातीय तथा वैदेशिक हस्तक्षेपजस्ता समस्याहरू समाधान नगरी समाजको समग्र विकास सम्भव नहुने उनको भनाइ थियो।

    AGNI GROUP

    हिङमाङले पुराना राजनीतिक दलहरूले यी समस्याहरूको जडमा पुग्न नसकेको आरोप लगाए। साथै, १० वर्षे जनयुद्धलगायत आन्दोलनले पनि जनताका आधारभूत समस्याहरू समाधान गर्न नसकेको बताए।

    पार्टीले पदानुक्रमभन्दा फरक संरचना अपनाउँदै स्थानीय तहका समितिहरूलाई स्वायत्त रूपमा निर्णय गर्ने व्यवस्था गरेको जनाएको छ। पहिचानमा आधारित संरचनामार्फत संगठन विस्तार गरिएको पनि उल्लेख गरिएको छ।

    उनका अनुसार, पार्टी देशका अधिकांश जिल्लामा सक्रिय रहेको र अन्तर्राष्ट्रिय रूपमा पनि विस्तार भइरहेको छ। साथै, ‘कम्युनिस्ट पुनर्जागरण अभियान’मार्फत नयाँ वैचारिक र राजनीतिक दिशा अघि बढाउने लक्ष्य राखिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij