Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पनि जारी छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । बैठकमा चुनावी समीक्षा र सभापति गगन थापाको राजीनामाबारे निर्णय लिने तयारी छ ।
फागुन २१ को चुनावमा पार्टीले भोगेको पराजयको जिम्मा लिँदै सभापति थापाले राजीनामा बुझाएका छन् ।
नेताहरूले उनको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत हुने बताइरहेका छन् ।
राजीनामा बुझाइसकेका थापा भने केन्द्रीय समिति बैठकमा सहभागी छैनन् ।
उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक जारी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij