Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एचजेएनबीएलमा टाइम्सको लगातार पाँचाैं जित

एचजेएनबीएलमा टाइम्सको लगातार पाँचाैं जित

  • काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स इन्टरनेसनल क्लबले पाँचौं जित हात पारेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शनिबार भएको खेलमा टाइम्सले रोयल्सलाई ९५-६१ ले पराजित गरेको हो ।

    AGNI GROUP

    लिगमा टाइम्सको यो लगातार पाँचाैं जित हो । पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको टाइम्सले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको हो ।

    ६ खेलबाट टाइम्सले ११ अंक जोडेको छ । रोयलको यो पाँचाै हार हो । ६ खेलबाट रोयलको ७ अंक छ ।

    टाइम्सले चारै क्वाटरमा अग्रता लिने क्रममा २९-१७,१७-१४, २५-१८, २४-१२ को प्रदर्शन गर्‍यो । टाइम्सका कप्तान सदिह प्रधानले सर्वाधिक २४ अंक स्कोर गरे ।

    शुक्रबार राति भएको खेलमा आर्मीले प्लेबक्स एरेनालाई १०२-८६ ले हरायो ।

    नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

    डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

    पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

    प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।

    यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij