Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौँ । शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानले शुक्रबार विज्ञप्ती निकालेर खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टिम सहभागी हुनेछन्।
क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले पाँच लाख पाउनेछन्।
शनिबार कोशी र मधेशबीचको खेल जनकपुरमा हुनेछ भने अर्को खेल बीरगञ्जमा लुम्बिनी र कर्णालीबीचको खेल हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij