Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभेदको विषयमा न्यूनीकरण गर्ने मुख्य एजेन्डा

विभेदको विषयमा न्यूनीकरण गर्ने मुख्य एजेन्डा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद् पुर्याउने बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुई दिने आवासीय अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै भूमिकाले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, सामाजिक न्यायको विषय र हामीले भोगेको विभेदको विषयमा न्यूनीकरण गर्ने मुख्य एजेन्डा रहेको बताइन् ।

    AGNI GROUP

    ‘संसद्मा मेरो मुख्य एजेन्डा भनेको लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, नागरिकता स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक न्यायको विषय र हामीले भोगेको विभेदको विषयमा न्यूनीकरण गर्ने र त्यसको अन्त्य गर्ने मेरो मुख्य एजेन्डा हो,’ उनले भनिन् ।

    उनले विशेषगरी पछाडि पारेको समुदाय मात्र नभई अल्पसङ्ख्यक मुस्लिम, मधेसी र अपाङ्गता भएका व्यक्तिहरूको समस्या संसद् सम्म पुर्याउने योजना रहेको बताइन् ।

    उनले भनिन्, ‘विशेषगरी पछाडि पारेको समुदायको म र मेरो समुदाय मात्र नभई अल्पसङ्ख्यक मुस्लिम मधेसी अपाङ्गता भएका व्यक्ती हरुको समस्या चाही लैजनो योजना छ ।’

    रास्वपाले समावेशिता र समताको मूल धारलाई अगाडी ल्याउने कोसिस गरेको छ तसको ज्वलन्त उदाहरण आफू रहेको उनले बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij