Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको नाम र चुनावचिन्ह परिवर्तनको प्रस्ताव गरेका छन् । चुनावमा भोगेको लज्जास्पद पराजयलाई लिएर उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै पाठकले पार्टी नेतृत्वको पुनरावलोकन र परिवर्तन अत्यावश्यक रहेको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमर-धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउने हो भने यसको तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरूरी छ ।’
त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक रहेको उनको तर्क छ । राप्रपाको एजेन्डामा भने ठूलो समस्या नरहेको पाठकले बताएका छन् ।
यही शैली र सोचबाट अघि बढ्ने हो भने पार्टीले आउने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा अपवाद छोडेर सुयोग्य र आम मतदातामा प्रभाव पार्न सक्ने उम्मेदवार भेट्न पनि मुस्किल हुने पाठकको चिन्ता छ ।
उपरोक्त विषयमा पार्टीमा तल्लो स्तरसम्म घनिभूत बहस आरम्भ होस् भन्ने ध्येयले मैले यो टिप्पणी लेखेको छु । पार्टीका साथीहरू, सुभेच्छुकहरू र आलोचकहरूबाट प्रतिकृया अपेक्षा गर्छु ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij