Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बझाङकाे विकासका लागि सबैले एक ढिक्का भएर अघि बढ्नुपर्छ: ऐन महर

बझाङकाे विकासका लागि सबैले एक ढिक्का भएर अघि बढ्नुपर्छ: ऐन महर

  • काठमाडौं । बझाङका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जिल्लाको समग्र विकासका लागि एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    उनले निर्वाचनका क्रममा मत विभाजन स्वाभाविक प्रक्रिया भए पनि त्यसले समाजमा मन विभाजन निम्त्याउन नहुने स्पष्ट पारे।

    AGNI GROUP

    फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएपछि मतदाताप्रति आभार व्यक्त गर्न गाउँ–गाउँ पुगेका महरले विभिन्न स्थानमा आयोजित भेटघाट तथा धन्यवाद कार्यक्रममा सबै पार्टी र दलहरूको सामुहिक प्रयासबाट बझाङको मुहार फेर्न सकिने बताएका हुन्।

    उनले लोकतान्त्रिक व्यवस्थामा फरक–फरक विचार, दल र उम्मेदवारका आधारमा मत विभाजन हुनु सामान्य विषय भएको उल्लेख गर्दै त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।

    महरले भने, ‘निर्वाचनमा मत फरक हुन सक्छ, तर हामी सबै एउटै समाजका सदस्य हौं। दुःख–सुख, मर्दा–पर्दा सँगै बस्नुपर्ने भएकाले मन विभाजन गर्नु हुँदैन।’

    उनले चुनाव सकिएपछि अब सबै राजनीतिक दल, नेता तथा नागरिकबीच सहकार्य, सद्भाव र एकताको भावना अझ मजबुत बनाउन आवश्यक रहेकोमा जोड दिए।

    उनका अनुसार बझाङको विकासका लागि पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना लगायतका क्षेत्रमा समन्वयात्मक प्रयास जरुरी छ।

    ‘अब प्रतिस्पर्धाको समय सकिएको छ, अब सहकार्यको समय सुरु भएको छ,’ उनले भने, ‘जिल्लाको समृद्धि र जनताको जीवनस्तर उकास्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ।’

    महरले आफूलाई प्राप्त जनमतप्रति कृतज्ञता व्यक्त गर्दै त्यसको सम्मान गर्दै जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहने बताए।

    उनले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै पारदर्शी र उत्तरदायी ढंगले अघि बढ्ने प्रतिबद्धता समेत जनाए।

    निर्वाचनपछि मतदातालाई धन्यवाद दिन विभिन्न बस्ती तथा गाउँ पुगेका महरले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र सुझाव समेत संकलन गरिरहेका छन्। उनले यी सुझावलाई आगामी कार्ययोजनामा समेटेर बझाङको दिगो विकासतर्फ ठोस पहल गर्ने विश्वास व्यक्त गरेका छन्।

    ‘समृद्ध बझाङ र सुखी बझाङ्गीको लक्ष्य हासिल गर्न सबैको साथ, सहयोग र एकता अपरिहार्य छ’ विभिन्न कार्यक्रमहरुमा महरले भन्दै आइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij