Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । वीर अस्पतालमा कार्यरत लेखा अधिकृत वीर सिंह राईविरुद्ध उजुरी परेको छ ।
अस्पतालमा अनियमितता गरेकाे भन्दै अस्पताल सुधार अभियानले उनीमाथि छानबिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, अर्थ मन्त्रालय सिंहदरबार, अर्थ सचिव तथा महालेखा नियन्त्रण कार्यालयलगायत निकायमा उजुरी दर्ता गराएको छ ।
लेखा अधिकृत राई ३ महिना अघि सरुवा भएर आएका थिए । उनी अस्पतालमा सरुवा भएर आएदेखि नै विवादमा मुछिएका थिए ।
अस्पतालमा मेडिसिन र सर्जिकल व्यापारीलाई भुक्तानी दिँदा पहिलै भुक्तानी रकमको १० प्रतिशत नगदै नजराना उठाइरहेको आरोप छ ।
अस्पतालमा करार कर्मचारीको म्याद थप्नु पर्दा लेखाको राय दिँदा कर्मचारीसँग बार्गेनिङ गर्ने गरेको, अस्पतालमा विरामीलाई खुवाउने खाना,खाजा, अक्सिजन र पानीमा पनि व्यापारीलाई पहिलै कमिसन लिन दुख दिँदै भुक्तानी रोक्का राख्ने गरेको उजुरीमा उल्लेख छ ।
राईले अस्पतालमा अत्यावश्यक प्रयोगशाला केमिकलको टेण्डर फाइल अधि नबढाउदा आजदेखि अस्पतालका जाँच पडतालहरु बन्द भई गरिव जनता निजि अस्पताल जान बाध्य भएको कर्मचारीहरुको भनाइ छ ।
तत्कालै बिग्रिएका सामान मर्मत गर्दा पनि भुक्तानी दिँदा व्यापारीलाई यो मिलेन त्यो मिलेन भन्दै दुख दिने गरेको आरोप लागेको छ । आफू अख्तियार बसेर आएको हुँ भन्दै धम्काउने र भनेको नमाने वा उचित कमिसन नदिए अख्तियार लगाई दिन्छु भन्दै कर्मचारीहरुलाई धम्क्याउने गरेकाे कर्मचारीहरु बताउँछन् । उनकै कारण कर्मचारीहरु त्रसित बनेका छन् ।
उनी अस्पताल गएपछि भएको व्यापारिक गैरकानुनी भुक्तानी तथा अन्य रोक्का फाइल अध्ययन गर्न माग गर्दै सम्बन्धित निकायमा उजुरी दिएका हुन् । साथै उनर्ला वीर अस्पताल बाट सरुवा गर्न माग गरेका छन् । साथै उनले अंकुत सम्पती आर्जन गरेकाे भन्दै अनुसन्धान गर्न समेत भनेकाे छ ।
अख्तियारमा दर्ता भएकाे उजुरीमा भनिएकाे छ,उनीले अहिले अस्पतालमा करार /अस्थाई कर्मचारी, स्टोर, खरिद का कर्मचारी एवं अस्पतालमा मेडिकल /सर्जिकल समान आपूर्ति गर्ने ब्यापारीलाई विभिन्न बाहानमा दुख दिने गरेको अग्रिम प्रि-पेड कमिसन माग्ने भने अनुसार १०% कमिसन अग्रिम नदिए आपूर्ति कर्ता लाई भुक्तानी नदिने, अस्पतालका कर सेवाका कर्मचारीको म्याद थप गर्दा ब्यक्ति पिछे १५ हजार लिएर मात्रै ६ महिना को म्याद थप मा लेखा शाखाको राय लेख्ने, अस्पताल स्टोर तथा खरिद मा माग फारम (PO) अनुसार सामान ब्यापारी ले अस्पतालमा सामान झारे सगै कमिसन माग्ने गरेका छन उनी देखि स्टोर र खरिदका कर्मचारी दिक्क भैसकेको छन्, अस्पतालले गर्नु पर्ने पुरानो रकम भुक्तानी गर्दा चेक मा उल्लेख रकमको १०% अग्रिम नगदै कमिसन लिएर मात्रै भुक्तानी गर्ने गरेको । उनी आए पछि मात्रै उनले १०% कमिसन लिएर १४ करोड जति भुक्तानी गरि सकेका छन् ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij