Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रविको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी

रविको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी

  • काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित स्वार्थ बाझिने रिट निवेदनमा तेस्रो दिन पनि बहस जारी छ ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेल र सारंगा सुवेदीको संयुक्त इजलासमा रास्वपाका सभापति लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ तीन दिनदेखि चलिरहेको छ ।

    AGNI GROUP

    न्यायाधीश बन्नुअघि लामिछानेको वकिलका रूपमा काम गरेका पोखरेलले चालोचनाका बीच सुनुवाइलाई निरन्तरता दिएका छन् ।

    न्यायाधीश आचार संहिता, आफ्नै प्रतिबद्धता र अन्तर्राष्ट्रिय अभ्यासलाई बेवास्ता गर्दै उनी लामिछानेसँग सम्बन्धित मुद्दा सुन्न पुगेका हुन् ।

    महान्यायाधिवक्ता कार्यालयको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध अभियन्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका छन्।

    निवेदक र उनका कानुन व्यवसायीले बहस सुरु हुनुअघि नै न्यायाधीश पोखरेललाई लामिछानेसँग सम्बन्धित मुद्दाबाट आफूलाई अलग राख्न अनुरोध गरेका थिए ।

    तर, त्यस अनुरोधलाई बेवास्ता गर्दै पोखरेल इजलासमा बसेका थिए ।

    सम्भावित रूपमा मंगलबार बहस सकिएर आदेश सार्वजनिक हुन सक्ने देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij