Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउण्ड्सले पहिलो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार हाउण्ड्सले रोएललाई ७६–६४ ले पराजित गरेको हो ।
हाउण्ड्सले पहिलो क्वाटरमा २४–१२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर २३–१६ ले आफ्नो पक्षमा पार्दै रोएलले खेलमा फर्कने संकेत गरेको थियो । तर हाउण्ड्सले थेस्रो क्वाटर १७–१५ र चौथो क्वाटर १९–१४ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । लगातार तीन हारपछि पहिलो जित निकालेको हाउण्ड्सले ४ खेलबाट ५ अंक जोडेको छ ।
यस्तै तेस्रो हार बेहोरेको रोएलले पनि ४ खेलबाट ५ अंक नै जोडेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij