Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालै सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन् ।
एन्फाले चैत ३० गतेदेखि सहिद स्मारक ए डिभिजन लिग गर्ने तयारी गरेको छ। नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको थियो । त्यहिअनुरुप एन्फाले क्लबहरूलाई पत्राचार गरेको थियो ।
तर, क्लबहरूले यो सहमतिलाई एकलौटी भन्दै विरोध जनाएका हुन् । यसैबीच, क्लबहरुले पत्रकार सम्मेलन गर्दै विभिन्न माग अघि सारेका छन् ।
जसमा एन्फा र ए डिभिजन क्लबबीच लिगको सम्बन्धमा मिति २०८२/०७/१७ गते भएको कार्यतालिका सहितको सहमति कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय लिग चालु रहि रहेको अवस्थामा ट्रान्सफर विन्डो खुल्ला नगरि कसरी अर्को क्लबमा खेलाडी सम्झौता गर्न सकिन्छ ? तसर्थ क्लबको सम्झौता अनुसार कार्य गर्नुपर्ने, विदेशी खेलाडीहरूको हकमा विन्डो खुला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्ने माग राखेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij