Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

  • काठमाडौं । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्णपदक जितेका छन् । सोमबार जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेका नेपाल उमा कुङफु संघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष एवं डब्ल्यूएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राईका अनुसार, वर्ल्ड मार्सल आर्ट्स कमिटी (डब्ल्यूएमएसी)द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ र ट्रेडिसनल फम विथ वेपनमा पदक जितेका हुन् ।

    AGNI GROUP

    सुजनले स्वर्ण जित्ने क्रममा चाइनिज क्रिएटिभ फममा २३.०२ र ट्रेडिसनल फम विथ वेपनमा २२.५८ अंक जोडेका राईले जानकारी दिए ।

    प्रतियोगितामा नेपालसहित १० राष्ट्रका एक हजार २०० खेलाडीको सहभागिता रहेको संघले जनाएको छ ।

    सुजन सातौँ राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजतपदक विजेता खेलाडी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij