Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै मुग्लान फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु रोजगारीको लागि कार्मथलोमा फर्किन थालेका हुन् ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि स्वदेश फर्किएका सुदूरपश्चिमेलीहरु मतदान सकिए लगत्तै कर्मथलो फर्किन थालेका छन् ।
भोट दिएर जितेकाहरु संसद भवन छिर्ने तयारी गर्दै गर्दा मतदाताहरु भने रोजीरोटीका लागि पुनः कर्मथालोमा फर्किन थालेका हुन्। रोजगारीका साथै उपचार, व्यापार तथा अन्य विभिन्न कामको सिलसिलामा दैनिक सैयौँ नेपाली त्रिनगर सीमा नाका हुँदै भारत जाने गर्छन् । निर्वाचन सम्पन्न भएपछि भने रोजगारी तथा विभिन्न कामको शिलशिलामा कर्मथलोतिर लागेका हुन् ।
सुदूरपश्चिमका नागरिक दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने पनि ठूलो पंक्ति छ । सदियौँदेखि सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्यस्थल दक्षिण छिमेकी मुलुक भारत बन्ने गरेको छ । अबको सरकारले आफ्नै देशमा रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उनीहरुको भनाई छ ।
भारतमा पुगेर सुरक्षा गार्ड, निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीले काम गर्ने गर्छन् । नेपालमा कामको अवसर कम नहुँदा उनीहरु रोजीरोटीका लागि भारततर्फ जान बाध्य भएका हुन् ।
खुला सिमाना र भिसाको झण्झट नहुने भएकाले पनि विपन्न वर्गका लागि भारत रोजगारीको उचित गन्तब्य हुने गरेको छ । यद्यपी पछिल्लोसमय समय सीमा पार गर्दा आवश्यक कागजातमा कडाइ गरिँदा झन्झट ब्यहोर्नु परेको हुनासो बढेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij