Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनजति लाग्ने बताएको छ । आइतबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरुलाई यस्तो बताएका हुन् ।
समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दै छ । “संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं । त्यसपछि नयाँ सरकार बन्न बढिमा १० दिनजति लाग्न सक्ला,” झाले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij