Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

७ वटा वायुसेवाका उडानहरू रद्द

७ वटा वायुसेवाका उडानहरू रद्द

  • काठमाडौं । मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचना अनुसार मध्यपूर्वका देशहरुमा हुने उडानहरुमा ढिलाइ, तालिका परिवर्तन वा रद्द हुन सक्ने जानकारी दिएको हो ।

    AGNI GROUP

    आजका लागि निर्धारित जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका विभिन्न उडानहरु रद्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

    यसबाट विशेषगरी कुवेत, शारजाह, दुबई, दोहा र दमाम जाने तथा ती ठाउँबाट काठमाडौं आउने यात्रुहरु प्रत्यक्ष मर्कामा परेका छन् । एयर अरेबियाको हकमा भने आगामी २२ मार्च २०२६ सम्मका लागि उडान प्रभावित भएको उल्लेख छ ।

    विमानस्थल कार्यालयले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनीहरूसँग निरन्तर समन्वय गरिरहेको बताएको छ । यात्रा तय गर्नु अघि सम्बन्धित एयरलाइन्सको आधिकारिक वेबसाइट हेर्न वा तोकिएका सम्पर्क नम्बरहरुमा फोन गरेर मात्र विमानस्थल आउन यात्रुहरूलाई आग्रह गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij