Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूबारे छानबिन थालेको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।
बैठकले केन्द्रीय कार्यालयका सह-सचिव दिनेश थापा मगरलाई अनुशासन समितिको सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij