Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाले विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्ने बताएका छन् ।
प्रशिक्षकमा नियुक्त भएपछि पहिलो पटक शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा पत्रकार सम्मेलनमा बोल्दै एरेनाले विज्ञका गल्ति कमजोरीलाई नहोदोराउने बताउदै आफ्नो लक्ष्य राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने भएको बताएका हुन् ।
उनले भने- 'म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा एकदमै खुसी भएको छु । मेरो लक्ष्य भनेको राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने नै हो । विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्नेछु ।’
उनले नेपाली खेलाडीहरु धेरै क्षमतावान रहेको बताउँदै उनले आफ्नो प्राथमिकता रणनीतिक रूपमा टिममा सुधार ल्याउनमा हुने स्पष्ट गरेका छन् ।
उनलाई बिहीबार एन्फा किरण राईले नियुक्तिपत्र दिएका थिए । उनको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टिमले चैत्र १२ मा दशरथ रंगशालामा हङकङ चाइनासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij