Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

श्रम संस्कृति पार्टीले धेरै मत ल्याउँदा एमालेकी मुनामाथि कारबाही

श्रम संस्कृति पार्टीले धेरै मत ल्याउँदा एमालेकी मुनामाथि कारबाही

  • धनकुटा । नेकपा एमाले धनकुटाले जिल्ला कमिटी सदस्य मुना राईलाई कारबाही गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    फागुन २१ गते सम्पन्न प्रचिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारमाथि अन्तर्घात गरेको आरोप लगाउँदै राईलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित गरेको हो ।

    AGNI GROUP

    बुधबार बसेको एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठकले उनलाई कारबाही गरेको हो । कारबाहीमा परेकी राई जिल्लाको साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष समेत हुन् ।

    धनकुटामा प्रतिनिधिसभा निर्वाचनमा एमालेकै उम्मेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् । तर, मुना राई उपाध्यक्ष भएको साँगुरीगढी गाउँपालिकामा भने श्रम संस्कृति पार्टीले भारी मत प्राप्त गरेको थियो । यसरी श्रम संस्कृति पार्टीले बढी मत पाउनुलाई उपाध्यक्ष राईबाट भएको अन्तर्घातको रूपमा व्याख्या गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij