Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने

कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने

  • काठमाडौं । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ । बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताए ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन ।

    AGNI GROUP

    उनले भने, ‘क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर हामीले आयोगमा नाम बुझाउने तयारी गरेको छौँ । भोलि सम्ममा पठाउँछौँ । अहिलेसम्म नाम टुङ्गिएको छैन ।’

    अहिले आफूहरू समानुपातिकतर्फ आयोगमा बुझाउने नामबारे गृहकार्यमा केन्द्रित रहेको बताए । प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर ३८ सीट पाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij