Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पाल्पा सिमेन्टको आइपिओ बाँडफाँड आज हुदै

पाल्पा सिमेन्टको आइपिओ बाँडफाँड आज हुदै

  • काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी आइपिओ आज बिहान बाँडफाँड गरिदैछ ।

    onlinepatrika
    Arghakhachi

    बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आइपिओ  बाँडफाँड आज बिहान साढे ९ बजे गरिने भएको हो । 

    AGNI GROUP

    कम्पनीको आईपीओ फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो । यस कम्पनिको ४ लाख ५० हजार आवेदकले गोलाप्रथाबाट १०-१० कित्ताका दरले सेयर पाउने छन् । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

    कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले यसको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । यसमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई यसअघि नै बाँडफाँड भइसकेको छ । यस्तै ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र सोही संख्याका २ लाख ८१ हजार २५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij