Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समानुपातिकतर्फको सिट बाँडफाँड, तीन दिनभित्र उम्मेदवार छनोट गर्न दलहरुलाई पत्राचार

समानुपातिकतर्फको सिट बाँडफाँड, तीन दिनभित्र उम्मेदवार छनोट गर्न दलहरुलाई पत्राचार

  • काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँड गरेको छ । समानुपातिक मतगणना सम्पन्न भएपछि आयोगले ११० सिट रहेको समानुपातिक सिट बाँडफाँड गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    आयोगका अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका छन् । 

    AGNI GROUP

    आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गरेर आयोगमा बुझाउन पत्राचारसमेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख, ३५ हजार २५ मत सदर भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij