Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयमा भर्ना भएका निर्वाचन प्रहरीलाई धन्यवादसहित बिदा गरिएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएअनुसार बिहीबार उनीहरूलाई बिदाइ गरिएको हो । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशस्त्र प्रहरीमा १५ हजार १ सय १० निर्वाचन प्रहरी भर्ना गरिएको थियो ।
उनीहरूलाई देशको विभिन्न निर्वाचन क्षेत्रहरूमा निर्वाचन अवधिभर परिचालन गरिएको थियो ।
निर्वाचनपछि विपद्सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरियो । सशस्त्र प्रहरीले शुरु गरेको विपद् सूचक तयार गर्ने क्रममा उनीहरूलाई समेत अनुशिक्षण दिएर आबद्ध गराएको सहायक प्रवक्ता थापाले जनाएका छन् ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij