Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

  • काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रति ब्यारेल १०१ डलर नाघेको छ । विश्व बजारमा केही दिनयता तेलको मूल्य निरन्तर उकालो लागिरहेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ९२ डलर रहेको थियो। तर एकै दिनमा उल्लेखनीय वृद्धि भई मूल्य १०१ डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    AGNI GROUP

    यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीमा आबद्ध ३२ देशले बजारमा ४० करोड ब्यारेल तेल उपलब्ध गराउने योजना बनाएको भए पनि त्यसले बजारको चिन्ता कम गर्न सकेको छैन ।

    प्रतिवेदनहरूका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्यमा करिब २० प्रतिशतसम्म वृद्धि देखिएको छ ।

    विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाज आवतजावत प्रभावित हुन सक्ने आशंकाले बजारमा चिन्ता बढेको छ। यही कारणले कच्चा तेलको मूल्य लगातार बढिरहेको बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij