Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजीनामा नदिन आग्रह

गगनलाई रोक्दै ललितपुर कांग्रेसको हुलैबाट गुहार

गगनलाई रोक्दै ललितपुर कांग्रेसको हुलैबाट गुहार

  • काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टीका सभापति गगन थापालाई राजीनामा नदिन आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरबाट कांग्रेसका तर्फबाट निर्वाचित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, महाङ्काल गाउँपालिकाका महाङ्काल गाउँपालिकाका अध्यक्ष वीर वहादुर लोप्चन महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश वहादुर केसी, गोदावरी महानगरपालिकाकी उपमेयर मुना अधिकारी, महाँलक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेले आज संयुक्त विज्ञप्ति जारी गर्दै सभापति थापालाई राजीनामा नदिन सुझाव दिएका हुन् ।

    AGNI GROUP

    वर्तमान राजनैतिक अवस्था, नेपाली काँग्रेसको गर्भिलो इतिहास, समसामयिक राजनीतिमा खेल्नुपर्ने भूमीका, राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्द्धन, राष्ट्रिय तथा अन्तराष्ट्रिय वर्तमान अवस्था जस्ता विषयको रक्षार्थ नेपाली काँग्रेसका सभापति थापाले अभिभावकत्व ग्रहण गर्नु पर्ने र गर्न सक्ने एकमात्र व्यक्ति रहेको उनीहरुको ठहर छ ।

    थापाको राजीनामा भन्दा नेपाली काँग्रेसको नेतृत्वको लागि सभापतिको निरन्तरताको खाँचो भएकाले राजीनमा नदिन अनुरोध गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij