Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सोबिता गौतमले गरिन चुनाबी खर्च सार्वजनिक

सोबिता गौतमले गरिन चुनाबी खर्च सार्वजनिक

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोबिता गौतमले चुनाव खर्च निर्वाचन आयोगमा बुझाएकी छन् । चितवन–३ बाट निर्वाचित उनले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण आयोगमा बुझाएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    गौतमले सबैभन्दा बढी खर्च सवारी साधनमा गरेको उल्लेख छ । २ वटा सवारीसाधन, चालक र इन्धनसहित १५ दिनमा ३ लाख २५ हजार खर्च भएको विवरणमा उल्लेख छ ।

    AGNI GROUP

    प्रचारप्रसार सामग्रीमा ३ लाख १७ हजार ४०० खर्च भएको उल्लेख गरिएको छ भने चुनाव प्रचारका क्रममा खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार खर्च भएको विवरणमा उल्लेख छ ।

    गौतमले बुझाएको चुनावको खर्च विवरणमा वडा स्तरीय प्रचारप्रसारमा १ लाख खर्च भएको उल्लेख छ । नमूना मतपत्र र घोषणापत्र छपाइमा ७४ हजार २००, मतदाता प्रशिक्षणमा ३० हजार, सचिवालयको स्टेसनरी खर्चमा २३ हजार ४४५ र मनोनयन दर्तामा पाँच हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

    उनी चितवन–३ बाट ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी हुन् । यो निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल २० हजार ६१५ मत ल्याएर दोस्रो बनेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij