Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मौसम

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

    AGNI GROUP

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।  कोशी प्रदेश लगायत बागमती र गण्डकी  प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा  मधेश प्रदेशको  थोरै स्थानहरुमा , बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

    त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको केही  स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी र हिमाली भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij