Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आईपीओ निष्काशन सुरु गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रूपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रूपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
यसमध्ये, १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । ती सेयर विशेष रूपमा भोजपुरका स्थानीयले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशत, अर्थात् ३ करोड ३ लाख ६ हजार ७०० रूपैयाँ बराबरको ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको छ ।
आईपीओमा आवेदन दिने न्यूनतम सीमा १० कित्ता र अधिकतम सीमा ५० हजार कित्ता छ । आवेदन प्रक्रिया ११ गतेसम्म खुला रहनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij