Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

  • काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभामा सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामाको माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार सिंहदरबारमा पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले सभापति थापाले राजीनामा दिनुपर्ने बताएका हुन् । 

    AGNI GROUP

    उनले विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताउदै कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए ।

    उनले गगन थापालगायतका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाए ।

    साथै उनले विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको दाबी गर्दै विशेष महाधिवेशन औचित्य सकिएको जिकिर गरेका थिए ।

    बस्नेत कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेता मानिन्छन् ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij