Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दीपक मनाङे कारागारबाट छुटे

दीपक मनाङे कारागारबाट छुटे

  • काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरूङ रिहा भएका छन् । डिल्लीबजार कारागारमा रहेका उनी बुधबार छुटेको जेलर बाबुराम अर्यालले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    २०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्चले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो ।

    AGNI GROUP

    २० वर्षपछि २०८१ कात्तिक २० सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो ।

    यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय थियो । मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

    यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए । उनी दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्थ्यो । त्यसमा जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत छुटको आदेश दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij