Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पोखराका मेयर आचार्यले महावीर पुनलाई स्मरण गराए सांसदको भूमिका

पोखराका मेयर आचार्यले महावीर पुनलाई स्मरण गराए सांसदको भूमिका

  • काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई सांसदको भूमिका स्मरण गराएका छन् । सांसदको भूमिका पुस्तक बिक्री गर्ने नभई देशका लागि नीति र कानुन निर्माण गर्ने भएको मेयर आचार्यको भनाइ छ ।

    onlinepatrika
    Arghakhachi

    म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले गत सोमबार पोखराको सडक किनारमा उभिएर पुस्तक बिक्री गर्ने क्रममा विवाद भएको थियो । पोखराका मेयर आचार्यले पुनलाई सांसदको भूमिका स्मरण गराउँदै बुधबार फेसबुकमा लेखेका छन्, ‘माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो ।’

    AGNI GROUP

    उनले सांसद पुनलाई पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत् बिक्री गरेर भुक्तानी उपलब्ध गराउने पनि भनेका छन् ।

    ‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत् त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं,’ आचार्यले लेखेका छन् ।

    उनले हालसम्म बिक्री–वितरण भएको पुस्तकको विवरण सार्वजनिक गर्न सकिए पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्ने उल्लेख गरेका छन् ।

    मेयर आचार्यले पुनको अभियान र उद्देश्यप्रति उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको पनि जानकारी गराउन चाहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij