Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगलाई खर्च विवरण बुझाएपछि उनले सार्वजनिक गरेका हुन् । लामिछानेले सार्वजनिक विवरण अनुसार चितवन–२ बाट निर्वाचित उनले जम्मा ९ लाख ८९ हजार ९८७ रुपैयाँ मात्र खर्च गरेका छन् ।
करिब दुईतिहाई बहुमत प्राप्त गरेको रास्वपाका सभापति लामिछानेको यो खर्च उनकै पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह बालेनको भन्दा पनि कम हो । झापा ५ बाट निर्वाचित बालेनले सार्वजनिक गरेको खर्च विवरणमा जम्मा १४ लाखभन्दा केही थप रकम खर्च भएको उल्लेख छ ।
रवि लामिछानेले सबैभन्दा धेरै यातायात इन्धन शीर्षकमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij