Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोका सिइओ एल्बर्सको राजीनामा

भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोका सिइओ एल्बर्सको राजीनामा

  • काठमाडौँ । भारतको सबैभन्दा ठूलो विमान सेवा कम्पनी इन्डिगोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पीटर एल्बर्सले पदबाट राजीनामा दिएका छन् । कम्पनीले मार्च १० मा नियामक निकायमा गरेको जानकारीमा यसको पुष्टि गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    एल्बर्सको राजीनामापछि कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक राहुल भाटियाले अन्तरिम रूपमा एयरलाइन्सको व्यवस्थापन सम्हाल्ने बताइएको छ । कम्पनीले शेयर बजार नियमाकलाई दिएको जानकारीअनुसार सञ्चालक समितिको बैठकले एल्बर्सको राजीनामा स्वीकार गरेको छ र आज कार्यालय समय सकिएपछि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको छ ।

    AGNI GROUP

    राजीनामाको कारण व्यक्तिगत रहेको जनाइएको छ । राहुल भाटियालाई लेखेको पत्रमा एल्बर्सले व्यक्तिगत कारण देखाउँदै पद छाड्ने निर्णय गरेको बताएका छन् । उनले आफ्नो नोटिस अवधि पनि छोट्याइदिन आग्रह गरेका थिए ताकि तत्काल प्रभावबाट पदमुक्त हुन सकियोस् ।

    एल्बर्सले सन् २०२२ सेप्टेम्बरमा इन्डिगोको नेतृत्व सम्हालेका थिए । तर गत वर्ष डिसेम्बरमा कम्पनीले इतिहासकै ठूलो उडान सञ्चालन संकट सामना गर्नुपरेको थियो । त्यस समयमा सयौँ उडान रद्द तथा ढिला हुँदा करिब तीन लाख यात्रु प्रभावित भएका थिए।

    यस घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले इन्डिगोमाथि कडा कारबाही गर्दै २२ करोड २० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको थियो । जाँचका क्रममा एयरलाइन्सले यात्रु सुविधा र सुरक्षा मापदण्डमा लापरवाही गरेको निष्कर्ष निकालिएको थियो ।

    रिपोर्टअनुसार उडान संकटका कारण कम्पनीलाई करिब दुई हजार करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी भएको थियो । त्यसपछि कम्पनीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच समन्वयमा समस्या देखिन थालेको विश्लेषण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij