Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ग्यारी कस्र्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

ग्यारी कस्र्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

  • काठमाडौं । श्रीलंका क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका पूर्व ओपनर ग्यारी कस्र्टनलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ । बोर्डको निर्णयअनुसार कस्र्टनले सन् २०२६ अप्रिल १५ देखि टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

    onlinepatrika
    Arghakhachi

    उनी दुई वर्षको सम्झौतामा नियुक्त भएका हुन् । हालै सम्पन्न टी–२० विश्वकप २०२६ मा श्रीलंका सुपर– ८ चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सनथ जयसूर्याले पदबाट राजीनामा दिएका थिए । अब कस्र्टनले उनको स्थान लिनेछन् ।

    AGNI GROUP

    कस्र्टनको कार्यकालमा श्रीलंकाका लागि सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप हुनेछ, जुन दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुँदैछ। श्रीलंका त्यस प्रतियोगितामा सिधै छनोट हुने लक्ष्यका साथ तयारी गर्ने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij