Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन २०८२

दुईतिहाइका लागि रास्वपालाई नपुग्न सक्छ १ सिट

दुईतिहाइका लागि रास्वपालाई नपुग्न सक्छ १ सिट

  • काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका सबै क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२५, नेपाली कांग्रेसले १८, नेकपा (एमाले)ले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् । 

    AGNI GROUP

    त्यस्तै, समानुपातिकतर्फ मंगलबार अपराह्न पौने ४ बजेसम्म १ करोड ५ लाख १४ हजार २५८ मतगणना भएको छ। जसमध्ये रास्वपाले सबैभन्दा बढी ५० लाख ४० हजार ५२२ मत पाएको छ । 

    यसैगरी, कांग्रेसले १७ लाख ७ हजार ७३४, एमालेले १४ लाख २४ हजार ४२८, नेकपाले ७ लाख ७६ हजार ४२८, श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजार ४०६ र राप्रपाले ३ लाख २६ हजार ६०२ मत पाएको छ । अन्य दलले ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने देखिएको छ ।

    त्यस्तैले समानुपातिकतर्फ ६ दलले मात्रै सिट पाउने भएका छन् । यसका आधारमा समानुपातिक तर्फ रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १७, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट हाराहारी पाउने भएका छन् । 

    दुवै तर्फको गरेर प्रतिनिधि सभामा रास्वपाका १८३, कांग्रेसका ३७, एमालेका २५, नेकपाका १७, श्रम संस्कृतिका ७ र राप्रपाका ५ सिट हुने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij