Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

कर्णालीमा ९० उम्मेदवारको जमानत जफत, सुर्खेतमा सबैभन्दा धेरै

कर्णालीमा ९० उम्मेदवारको जमानत जफत, सुर्खेतमा सबैभन्दा धेरै

  • सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशमा ९० जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोग कर्णाली प्रदेशका अनुसार उम्मेदवारले आवश्यक मत नपुग्दा जमानत गुमाएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    नेपालको निर्वाचन कानुन अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ । 

    AGNI GROUP

    निर्वाचन आयोगका अनुसार सुर्खेतमा सबैभन्दा धेरै २४ जना उम्मेदवारको जमानत जफत भएको देखिएको छ । सुर्खेत क्षेत्र नम्बर १ मा १० जना र क्षेत्र नम्बर २ मा १४ जना उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

    त्यसैगरी दैलेख क्षेत्र नम्बर १ मा ६ जना र क्षेत्र नम्बर २ मा ७ जना उम्मेदवारको जमानत जफत भएको छ । जाजरकोटमा ८, सल्यानमा १०, रुकुम पश्चिममा ९, कालिकोटमा ६, जुम्लामा ६, मुगुमा ४, डोल्पामा ६ र हुम्लामा ४ जना उम्मेदवारको जमानत जफत भएको विवरणमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij