Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन आचारसंहिता आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता आज रातिदेखि लागू नहुने

  • काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता आज रातिदेखि लागू नहुने जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको फागुन २५ गते बसेको बैठकले सो निर्णय गरेको हो।

    AGNI GROUP

    यसअघि आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता लागू गरेको थियो । सो निर्णय माघ ४ गतेको बैठकबाट गरिएको थियो ।

    निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०८२ को व्यवस्था अनुसार उक्त आचारसंहिता माघ ४ गते राति १२ बजेदेखि लागू गरिएको थियो ।

    आयोगले अब भने फागुन २५ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू नहुने जानकारी दिएको छ । 

    यससँगै निर्वाचन अवधिमा लागू भएका आचारसंहितासम्बन्धी प्रावधानहरू पनि स्वतः अन्त्य हुने आयोगले स्पष्ट गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij