Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गैरनेपाली नागरिकसँग कारोबार नगर्न सहकारीहरूलाई काठमाडौं महानगरको निर्देशन

गैरनेपाली नागरिकसँग कारोबार नगर्न सहकारीहरूलाई काठमाडौं महानगरको निर्देशन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले गैर नेपाली नागरिकसँग कारोबार नगर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । महानगरले सोमबार सहकारी संस्थाहरूका लागि यस्तो निर्देशन दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सहकारी ऐन, २०७४ को दफा ५० तथा काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य-केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । ऐनमा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुनसक्ने व्यवस्था छ ।

    AGNI GROUP

    यस कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी काठमाडौं महानगरपालिकाभित्रका सहकारीहरूले विदेशी नागरिकलाई संस्थाको सदस्य बनाएर कारोबार गरेको भन्ने महानगरमा उजुरी परेको छ । यो कार्य कानुन विपरीत भएकाले तत्काल नियमित गर्न संस्थाहरूलाई निर्देशन दिइएको छ ।

    निर्देशन पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरको चेतावनी छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij