Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन २०८२

ऋषि धमला: आमजनता पार्टीसँग मेरो सम्बन्ध छैन

ऋषि धमला: आमजनता पार्टीसँग मेरो सम्बन्ध छैन

  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट पराजित भएका ऋषि धमलाले आम जनता पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा धमलाले निर्वाचनका लागि मात्रै आफूले आम जनता पार्टीको चुनाव चिन्ह प्रयोग गरेको भन्दै निर्वाचन सकिएकाले अव सो पार्टीसँग कुनै सम्बन्ध नरहेको बताएका हुन् । 

    AGNI GROUP

    आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको र निर्वाचनमा प्रयोग गरेको मोबाइल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ ।

    धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोबाइल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको एकल चुनाव चिह्न लिने सहमतिबमोजिम आफूले प्रयोग गरेको बताए । आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर चुनावमा उठ्न आग्रह गरेको समेत उनले बताए । 

    उनले आफूले ६ महिनाअघि नै मधेशमा जन्मिएको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलेको भन्दै अहिले त्यो दिन नजिक आएको उल्लेख गरे । धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij