Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

महोत्तरीमा २० हजार मत बदर

महोत्तरीमा २० हजार मत बदर

  • महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो ।

    onlinepatrika
    Arghakhachi

    क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा तीन हजार ९५४, निर्वाचन क्षेत्र नम्बर २ मा पाँच हजार ४४९, निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच हजार १० र निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच हजार ५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताए ।

    AGNI GROUP

    चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा जम्मा चार लाख ३१ हजार २८२ मतदाता कायम गरिएकोमा प्रतिनिधिसभा सदस्य २०८२ मा जम्मा दुई लाख ६१ हजार ३४६ जनाले मतदान गरेका थिए । अर्थात ६०.५९ प्रतिशत मतदान भएको थियो । जसमध्ये दुई लाख ४१ हजार ४११ मत (९२.३७ प्रतिशत) सदर भएको थियो । १९ हजार ९३५ मत ९७.६२ प्रतिशत० बदर भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij