Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

बैतडीमा पाँच हजारबढी मत बदर

बैतडीमा पाँच हजारबढी मत बदर

  • बैतडी । बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।

    AGNI GROUP

    ६७ हजार ७३० मत सदर भएका थिए । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । तर सोचेअनुरुप बदर मतको संख्या घट्न नसकेको उनले बताए ।

    वि।स।२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभाअन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको थियो ।

    मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको सूचना अधिकारीले दयालले बताए ।

    आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् ।

    निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij