Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

म्याग्दीमा करिब सात प्रतिशत मत बदर

म्याग्दीमा करिब सात प्रतिशत मत बदर

  • म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    विसं २०७९ मा भएको निर्वाचनको तुलनामा यस वर्ष दुई वटै प्रणालीको मत बदरको दर बढेको हो । यही फागुन २१ गते बिहिबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४६ हजार ३३६ मत खसेकोमा ४३ हजार १६० मत सदर भएको थियो । समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेकोमा ४५ हजार ९०६ मत सदर भएको जिल्ला निर्वाचन अधिकृत बिमल गौतमले बताए ।

    AGNI GROUP

    विसं २०७९ मा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४९ हजार ६९९ मत खसेकामा चार दशमलव दुई प्रतिशत अथवा दुई हजार ८५ मत बदर र ४७ हजार ६१४ मत सदर भएको थियो ।

    अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ५० हजार ३७८ मत खसेकामा पाँच दशमलव २५ प्रतिशत अथवा दुई हजार ६४६ मत बदर र ४७ हजार ७३२ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीको अभिलेखमा उल्लेख छ ।

    मत बदरको दर बढ्नुमा मतदाता शिक्षाको कमी प्रमुख कारण देखिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले ४५ वटै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न नसकेको पाइएको छ ।

    राजनीतिक दलका नेता कार्यकर्ता र उमेद्वारका समर्थकहरूले पनि मतदाता शिक्षामा ध्यान दिन नसक्दा मत बदरको दर बढेको हो । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्नेजस्ता कारणले मत बदर भएको निर्वाचन अधिकारी गौतमले बताए । ८६ हजार ३९७ मतदाता रहेकोमा ५४ प्रतिशत मत खसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij