Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

  • दाङ । जिल्लामा साढे १० हजार बढी मत बदर भएको छ । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो । 

    onlinepatrika
    Arghakhachi

    लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४.२५ रहेको छ । जिल्लामा सबैभन्दा बढी क्षेत्र नं १ मा बदर भएको छ । जहाँ ८० हजार ४४६ मत खसेकामा चार हजार ५७ मत बदर भएको छ । 

    AGNI GROUP

    त्यस्तै, क्षेत्र नं ३ मा ८८ हजार ६१७ मत खसेकामा तीन हजार ७७६ मत बदर भएको छ भने क्षेत्र नं. २ मा ८२ हजार ३०५ मत खसेकामा दुई हजार ८६५ मत बदर भएको छ । तर, जिल्लामा विगतका भन्दा भने यो निर्वाचनमा बदर मत घटेको छ । २०७९ सालको निर्वाचनमा चार लाख १४ हजार ९५६ मत खसेकामा १४ हजार ७०९ मत बदर भएको थियो । जुन ५.९२ प्रतिशत थियो । 

    विगतमा गठबन्धन दलहरूबीच निर्वाचन हुने हुँदा चुनाव चिह्नमा समस्या हुने गरेको भए पनि अहिले त्यस्तो समस्या नरहेकाले पनि बदर मत केही घटेको हुन सक्ने सूचना अधिकारी कुँवरले बताउनुभयो । यद्यपि उल्लेख्य रूपमा भने नघटेको उनको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij