Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सोमबारको सोमबारका लागि कारोबार बन्द

सोमबारको सोमबारका लागि कारोबार बन्द

  • काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि सोमबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । नेप्से ६ प्रतिशतले बढ्दा आजको कारोबार बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कारोबार शुरु भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको नेप्सेमा ५ प्रतिशतले बढेर पुनः सकारात्मक सर्किट ब्रेक लागेको थियो ।

    AGNI GROUP

    ४० मिनेटका लागि कारोबार बन्द भएर खुलेको नेप्सेमा ६ प्रतिशतले बढेर फेरि तेस्रो पटक सकारात्मक सर्किट लागेको हो । जसले गर्दा आजका लागि कारोबार नै बन्द भएको छ ।

    यस अवधिमा नेप्से १६२.९३ अंकले बढेर ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीहरूमध्ये २५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने रिलायन्स स्पिनिङ मिल्सको घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij