Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

  • काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिन सयम थपिएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिन समय थपेको हो । अब आईपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ।

    AGNI GROUP

    कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ७० लाखको ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गरेको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–७ र ८ का स्थानिय, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका– २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ । बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–२ र गोकुलगंगा गाउँपालिका–१ का स्थानियका लागि निष्कसन गर्ने जनाएको छ ।

    आईपीओमा न्यूनतम १० देखि अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानियले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij