Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रचण्डको नेकपा ७ सिटमा सिमित !

प्रचण्डको नेकपा ७ सिटमा सिमित !

  • काठमाडौँ । २२ भन्दा बढी दल र समुह मिलाएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा ७ सिट मात्रै जितेको छ ।

    onlinepatrika
    Arghakhachi

    अब केबल ३ सिटमा मात्र मत गणना जारी रहेको बेला नेकपा कुनै पनि स्थानमा अगाडी रहेको छैन । 

    AGNI GROUP

    मधेशको धुनषा- १ मा भने मत गणना स्थगन भएको छ, जहाँ सुरुवाती अग्रता नेकपा उम्मेदवार मात्रिका यादवले लिए पनि पछिल्लो समय पछि परेका छन् ।

    नेकपाले लुम्बिनी प्रदेशबाट रुकुमपूर्वबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रोल्पाबाट बर्षामान पुन विजयी भए भने कर्णालीबाट रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

    त्यस्तै बागमतीबाट सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल विजयी भएका छन् ।

    कुल ७ सिट जित्दा नेकपा चार प्रदेशमा भने निल बनेको छ । नेकपाले कोशी, मधेश, सुदूरपश्चिम र गण्डकीमा १ सिट पनि जित हासिल गरेको छैन । 

    त्यस्तै समानुपातिकतर्फ पनि नेकपाको राम्रो मत देखिएको छैन । अहिलेसम्मको मत गणनामा ५ लाख ६० हजार मत पाएको नेकपाले साढे ६ प्रतिशतको हाराहारीमा मत पाउने देखिन्छ । गत निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले मात्र समानुपातिकतर्फ ११ लाख७५ हजार ६८४ मत प्राप्त गरेको थियो 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij