Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि प्रतिबन्ध

म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि प्रतिबन्ध

  • काठमाडौँ । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला माथि दुई खेल टचलाइन प्रतिबन्ध लगाइएको छ । घरेलु सिजनमा छैटौँ पहेँलो कार्ड पाएपछि उनलाई यस्तो कारबाही गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    एफए कपमा न्यूक्यासलविरुद्ध भएको खेलका क्रममा उनले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै चौथो अधिकारीसँग विवाद गरेपछि पहेँलो कार्ड पाएका थिए ।

    AGNI GROUP

    यससँगै ग्वार्डिओला अब सिटीको आगामी लिग खेलमा वेस्ट ह्यामविरुद्ध र अप्रिलको पहिलो सातामा हुने एफए कप क्वार्टरफाइनल खेलमा टचलाइनमा उपस्थित हुन पाउने छैनन् ।

    तर मार्च २२ मा हुने इएफएल कप फाइनल खेलमा भने उनी टोलीसँग रहनेछन्, किनकि घरेलु खेलमा यी टचलाइन प्रतिबन्ध लागू नहुने प्रावधान रहेको छ ।

    यस विषयमा प्रतिक्रिया दिँदै ग्वार्डिओलाले खेलाडीको पक्षमा बोल्दा यस्तो स्थिति आएको बताएका छन् । उक्त खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासललाई ३–१ ले हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij