Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समानुपातिकतर्फ ४० लाख मत गणना, कुन दलले कति पाए ?

समानुपातिकतर्फ ४० लाख मत गणना, कुन दलले कति पाए ?

  • काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ४० लाख ६० हजार ६९९   मत गणना भएको छ ।

    AGNI GROUP

    जसमा रास्वपाले २० लाख १७ हजार १५० मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४९.७ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ६ लाख ८४ हजार ९४० मत अर्थात १६.९ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले ५ लाख ७८ हजार ४०७ अर्थात् १४.२ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले २ लाख ७३ हजार ३९९ मत प्राप्त गरेको छ भने राप्रपाले एक लाख ४७ हजार ८५ मत पाएको छ ।   

    त्यस्तै श्रम संस्कृति पार्टीले ८८ हजार ३३ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले ४४ हजार ७१० मत प्राप्त भएको छ। त्यसैगरी जसपा नेपालले ४३ हजार ९६७ मत प्राप्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij